प्रतिकिलो १७ रूपियाँका दरले बेचियो एसईईको प्रश्नपत्र

गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईका प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००ले बिक्री गरेको छ ।
बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्पएन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ । पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आएका थिए ।
परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले पुराना प्रश्नपत्र विद्यार्थीलाई वितरण गर्न त्यति सहज नहुने भएकाले बिक्री गरिएको बताए । ती प्रश्नपत्र करिब २० करोड रुपियाँ खर्च गरेर जनक शिक्षा सामग्री केन्द्रमा छपाइएको थियो ।
उनका अनुसार करिब तीन ट्रक प्रश्नपत्र छन् । सो कागज कार खानाले धरौटी रकम बुझाएको छ भने तौल लिइसकेपछि मात्र सकारे बमोजिम प्रतिकेजीका दरले रकम राजस्व दाखिला गर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #माध्यमिक शिक्षा परीक्षा एसईई, #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्