प्राप्त अधिकार संस्थागत गर्दै थप सङ्घर्ष गर्नुपर्छ : ज्येष्ठ नागरिकमन्त्री

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उहाँले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिलाको हक अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्त्री रेग्मीले भन्नुभयो, “संविधानमा महिलाको शिक्षा, स्वास्थ्य, राज्यका निकायमा प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरिएको छ, तर त्यसलाई व्यावहारिक रूपमै कार्यान्वयन गर्न महिलाहरूले नै सङ्घर्ष गर्नुपर्ने छ ।” उहाँले महिलाहरूका लागि आरक्षण सदाका निम्ति नभएर राज्यका हरेक संरचनामा महिला र पुरुष बराबरी नभएसम्मका लागि मात्रै भएको प्रस्ट पार्नुभयो । मन्त्री रेग्मीले अन्य विभिन्न देशको तुलनामा नेपालमा महिलाहरूको सक्रियता, सहभागिता बढ्दै गएको उल्लेख गर्दै अझै मुख्य जिम्मेवार पद र राज्यको नीति निर्माण तहमा समान सहभागिताका निम्ति स्थानीय निकायबाटै पहल सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।
महिलामाथि हुने हरेक प्रकारका विभेद अन्त्यका लागि भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयनसँगै घर–घरमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री रेग्मीले भन्नुभयो, “महिला हिंसाको जरो घरभित्रै छ, त्यसलाई अन्त्य गर्न घरभित्रबाट प्रयास थाल्नुपर्छ, अब त्यसबारेमा महिलालाई मात्रै होइन, महिला र पुरुषलाई सँगै राखेर तालिम दिनुपर्छ ।” महिला आयोगका अध्यक्ष कमला पराजुलीले राज्यका हरेक संरचनामा महिलाको समान सहभागितामा जोड दिनुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #उमा रेग्मी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्