विनोद शाहीको हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ

काठमाडौँ । अछामका १५ वर्षीय किशोर विनोद शाहीको हत्या आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।
पञ्चदेवल विनायक वडा नं. ४ मा शाहीको हत्यामा संलग्न आरोपमा मेयर चलाउनेसहित पक्राउ परेका हुन् ।
गत जेठ १७ गते दुई पक्षबीच भएको विवाददेखि बेपत्ता शाही २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए । शाहीको हत्या भएको भन्दै आफन्तले मेयर चलाउनेसहित १३ जनाविरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए ।
प्रहरीले यसअघि पाँच जनलाई पक्राउ गरिसकेको थियो भने अन्य दुई जनालाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीले अनुसन्धन अन्तिम चरणमा पुगेको र केही दिनमै अदालतमा रिपोर्ट बुझाइने जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्