Techie IT
शुक्रबार, असार ६,२०८२

बलात्कार गरेको अभियोगमा वडाध्यक्षसहित २ जना पक्राउ


काठमाडौं । बैतडीमा महिलालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् ।

२८ वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा बैतडीको मेलौली–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही स्थानका केशवसिंह नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत्र १५ गते महिलामाथि उनीहरुले बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

महिलाको स्वास्थ्य परीक्षण पनि गरिएको छ । आरोपित दुवैजनालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #बलात्कारको अभियोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545