उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

लमजुङ । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदावरले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ । ” जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
जिल्लामा विभिन्न तहका ३९१ पदका लागि उक्त सङ्ख्यामा उम्मेदवार बनेका थिए । हालसम्म स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन–तीन गरी ६, वडाध्यक्षका उमेदवार १४ र ३८ जना सदस्य पदका उमेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा उम्मेदावर बनेका कुनै पनि उमेदवारले खर्च विवरण बुझाउनुभएको छैन । रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चुनावी खर्च विवरण, #स्थानीय तह निर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्