सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय

काठमाडौं, १४ असार । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी सबै मन्त्रीलाई एकसाथ फिर्ता बोलाउने निर्णय गरेको छ ।
सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय समेत गरेको छ । कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई भने नबोलाइएको बताइएको छ ।
दुई दिनअघि मात्र एकीकृत समाजवादीका तर्फबाट मन्त्रिमण्डल हेरफेर भएको थियो । त्यसलगत्तै जसपाले पनि सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यससँगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल पुनः हेरफेर हुने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जसपा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्