नेपालमा उर्जाको सम्भावना, वर्तमान अवस्थाका विषयमा उर्जाविज्ञसँग छलफल

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपालमा उर्जाको सम्भावना, वर्तमान अवस्था र चुनौतिका विषयमा उर्जाविज्ञसँग छलफल गरेको छ ।
समितिकोे सिंहदरबारमा आज गरेको छलफलमा उर्जा विज्ञहरुले उर्जा विकासमा मुख्यतः राज्यले जलविद्युत उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ ।
छलफलमा उर्जाविज्ञ रामहरि ढकालले एक कार्यपत्र प्रस्तुत गर्दै नेपालको उर्जा विकासमा क्षेत्रीय सन्तुलन कायम गर्दै सम्भाव्य क्षेत्रमा जलविद्युत उत्पादन र त्यसको पूर्वाधार विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
सांसदहरुले जलासययुक्त जलविद्युत उत्पादनमा जोड दिँदै काम गर्नेहरुलाई सहज वातावरण बनाउन सरकारले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।
उहाँहरुले सरकारले भटाभट खोला किनबेच गर्न दिएर उत्पादनलाई ध्यान दिन नसकेको भन्दै अरुले पाउने सुहलीयत नेपाली उत्पादकहरुलाई पनि दिनुपर्ने धारणा राख्नुभयो ।
छलफलमा सांसद राधाकुमारी ज्ञवाली र छविलाल बिश्वकर्माले नीजि उर्जा उत्पादकहरुको संस्था इपानले बर्षौदेखि अरुले पाएको सुविधा पाउनुपर्ने माग गरिरहँदा सुनुवाई हुन नसक्नुले जलविद्युत उत्पादनमा नीजि क्षेत्र प्रोत्साहित हुन नसकिरहेको बताउनुभयो ।
यस्तै, सांसदहरु लालकाजी गुरुङ र दलबहादुर रानाले केही कम्पनीहरुलाई भटाभट खोला दर्ता र किनबेच गर्न दिएपनि उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्न खोज्नेलाई वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।
यसैगरी, सांसदहरु राजबहादुर बुढा क्षेत्री, भूपेन्द्रबहादुर थापा र सत्यनारायण शर्मा खनालले पानीको बहुउपयोगलाई ध्यान दिँदै उर्जा उत्पादन, सिँचाइ र कृषियोग्य जमिनको संरक्षण गर्दै उर्जा विकास र आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
हाल मुलुकमा कुल दुई हजार एक सय ३ मेघावाट क्षमताको विद्युत उत्पादन आयोजनाहरु सञ्चालनमा रहेको छ । तीमध्ये ३१ प्रतिशत नेपाल विद्युत प्राधिकरणको एकल लगानीमा, २३ प्रतिशत नेपाल विद्युत प्राधिकरण समेतको लगानीमा र ४६ प्रतिशत नीजि क्षेत्रको लगानीमा विद्युत उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उर्जा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्