महिलामाथि दुव्र्यवहार र चुल्ठो समाउने सशस्त्र प्रहरी वीरगञ्ज तानिए

चु वीरगञ्ज । देशको प्रमुख नाका इनर्वाबाट जीविकोपार्जनका नाममा भन्सार छली गरी नेपाल भित्र्याउने कार्यमा सक्रिय रहेको भन्दै सशस्त्र प्रहरीबाट महिलामाथि दुव्र्यवहारको घटनाले राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरण नै ग¥यो । चोरी–तस्करी रोक्न राज्यले सशस्त्र प्रहरीलाई मुख्य जिम्मेवारी दिएको कुरामा विवाद छैन । त्यसमाथि सीमा क्षेत्रमा जीविकोपार्जनका लागि केही सामानहरू वारिपारि गर्ने प्रचलन लामो समयदेखि चल्दै आएको छ जुन नियन्त्रणको सम्भावना पनि देखिँदैन । तर, नियन्त्रणका नाममा सशस्त्र प्रहरीले महिलामाथि जुन हर्कत देखायो त्यसले भने सशस्त्र प्रहरीको शाख नै गिराउने काम गरेको छ ।
चोरी तस्करीमा संलग्न महिलाहरूलाई नियन्त्रणमा लिन वा कुनै कारवाही गर्नका लागि महिला प्रहरीहरू नै परिचालन गर्नुपर्ने विभागीय नीति विपरीत त्यहाँ खटिएका पुरुष सशस्त्र प्रहरीले महिलाहरूको कपाल समाती भुत्ल्याउने र लडाउने जुन हर्कत देखियो, त्यसले यस्ता कार्यमा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी कारवाही गर्नुपर्ने आवाज उठिरहेको छ ।
तर, न त सशस्त्रको प्रहरी मुख्यालयले नै यसतर्फ चासो देखायो, न त २ नम्बर प्रदेशका सशस्त्रका डिआइजीले नै ती प्रहरीलाई निलम्बन नै गरे । केबल इनर्वा नाकाबाट गुल्ममा तान्ने काम मात्र भयो । ती महिलामाथि अभद्र व्यवहार गर्ने प्रहरी थिए– वीरगञ्ज भन्सारमा रहेको सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मबाट खटिएका । उक्त गुल्मको कमाण्डरका रूपमा डिएसपी तिलकबहादुर खड्का रहेका छन् ।
डिएसपी दर्जाका लागि राजस्व तथा भन्सार सुरक्षा गुल्म अत्यन्तै आकर्षक र कमाउ अखडाका रूपमा सशस्त्र प्रहरीमा चिनिन्छ । त्यसमाथि पनि पर्सा जिल्लाको वीरगञ्ज भन्सारको गुल्म । नेपालको सबैभन्दा बढी आयात हुने प्रमुख नाकाका रूपमा रहेको वीरगञ्जको भन्सारको गुल्म प्रमुख हुनु खड्का लागि अतिरिक्त आम्दानी गर्ने प्रमुख कार्य हो भन्ने कुरामा विवाद छैन ।
उनै डिएसपी खड्काले आफ्नो ड्राइभर सिपाही सरोज यादवलाई त्यहाँ पठाएका थिए, जुन महिलामाथि हर्कत गर्नेमध्येका उनी हुन् । त्यसैगरी डिएसपी खड्काले नै घुमुवाका रूपमा परिचालन गरेका सिपाही सुदर्शन वैठा पनि त्यो घटनामा संलग्न भएका प्रहरी हुन् ।
यी दुवैलाई अहिले गुल्ममा तानिएको छ । उक्त गुल्मका एक जुनियर प्रहरी अधिकृतका अनुसार नाकाको प्रमुख ड्युटीदेखि भन्सार गेट जहाँ कागजी चेकजाँचसमेत हुन्छ त्यस्ता ठाउँमा गुल्मका सुवेदार मेजर नवराज रानाले आफूनजिकका विश्वासिला र उठाएर रकम दिनेलाई खटाउने गरेको समेत आरोप लगाएका छन् । गुल्मका डिएसपी खड्कासँगसँगै वीरगञ्जस्थित सशस्त्रका गणका एसपी प्रेमध्वज शाह पनि विवादमा तानिएका छन् । गणमातहतका विओपीका प्रहरी निरीक्षक र उनीहरूले राखेका घुमुवाहरूले व्यापारीहरूसँग रकम असुल्ने र अग्रिम रकम लिई रातको समयमा तस्करहरूलाई लाइन मिलाउने गरेका गुनासाहरू बाहिर सार्वजनिक हुँदासमेत नियन्त्रण गर्न नसकेको आरोपले एसपी शाह विवादमा तानिएका हुन् ।
यसैबीच प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगञ्जमा महिलाहरूमाथि सशस्त्र प्रहरीद्वारा भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कारवाही गर्न निर्देशन सम्बद्ध अधिकारीहरूलाई दिएका छन् ।
सशस्त्र प्रहरीका उच्चाधिकारीहरूलाई टेलिफोनमार्फत् घटनाप्रति ध्यानाकृष्ट गराउँदै यादवले अत्यन्त अराजक र अनुशासनहीन ढंगले महिलाहरूसँग दुव्र्यवहार गर्ने प्रहरीमाथि तत्काल कारवाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् । सशस्त्र प्रहरीका यी जवानले गतबिहीवार साँझ वीरगञ्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा केही सर्वसाधारण महिलाहरूलाई चुल्ठो समाएर लछारपछार गर्नुका साथै निर्मम तरिकाले कुटपिट गरेका थिए ।
मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताए । यसअघि सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरेशकुमार श्रेष्ठले वीरगञ्जमा महिलामाथि हातपात हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै दोषीमाथि प्रहरी नियमावलीअनुसार कारवाही प्रक्रिया थालिएको बताएका थिए तर ती प्रहरीहरू हालसम्म निलम्बन भने गरिएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #चुल्ठो समाउने सशस्त्र प्रहरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्