कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले बैठक सुरु हुनु अघि उठेर विरोध जनाए पछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिपक्षी दलका सांसदको तर्फबाट बोल्न खिमलाल भट्टराईलाई समय उपलब्ध गराउनु भएको थियो ।
सांसद भट्टराईले बढ्दो महँगी नियन्त्रण गर्न सरकारले कुनै पनि प्रभावकारी कदम नचालेको भन्दै सरकारबाट चित्त बुझ्दो जवाफ नआए सम्म छलफल अगाडि नबढाउन आग्रह गर्नुभएको थियो ।
अध्यक्ष तिमिल्सिनाले मूल्य वृद्धि गम्भीर जन सरोकारको विषय भएको भन्दै जवाफ दिन सरकाको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीको जवाफ सुन्न अनुरोध गरे पनि प्रतिपक्षी दलका सांसद भट्टराईले बढ्दो महँगीमा राहत सहितको प्याकेज घोषणा नगरे सम्म आफूहरूको विरोध जारी रहने बताएपछि अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गर्नुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक,२०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,परराष्ट्र मन्त्रालय , खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रालयगत छलफल गर्ने कार्यसूची रहेको थियो ।
राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्