चितवनमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन । चितवनमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान १० बजेर १० मिनेटको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४ अनुपम चोकस्थित भित्री सडकमा डेरी चोकबाट यज्ञपुरी तर्फ जाँदै गरेको ना १ क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कुलको बसले आनन्दपुरबाट भरतपुर तर्फ आउँदै ना३३ प ३६६९ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार विनोद थापाको उपचारको क्रममा ११ः४३ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक बाग्लुङ्ग हरिया गाउँपालिका बस्ने आयुष बोहोरा गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चितवन, #मृत्यु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्