Techie IT
सोमबार, वैशाख २२,२०८२

गुणस्तरहीन जारको पानी बेचेको आरोपमा २ जना पक्राउ


काठमाडौँ। विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर गुणस्तरहीन पानीको जार बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठ रहेका प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

प्रहरीले उनीहरुलाई अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा १९७ वटा जारसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले जार डेलिभरी गर्न प्रयोग गरिएको दुई वटा गाडी पनि प्रहरीले बरामद गरेको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545