साथी भेट्न गएका युवकको साथीले नै गरे हत्या, तीन जना पक्राउ

काठमाडौँ। सुनसरीमा शुक्रबार साथीलाई भेट्न घरबाट गएका युवक बेपत्ता भएपछि प्रहरीले खोजी सुरु गरेको छ ।
सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् ।
शुक्रबार घरबाट निस्किएका उनी घर नफर्केपछि शनिबार परिवारले परिवारलाई खबर गरेका थिए ।
प्रहरीले युवकका तीन जना साथीलाई पक्राउ गरेको छ ।
उनीहरुले अफरोजको हत्या गरी बूढी खोलामा फालेको बयान दिएका प्रहरीले जनाएको छ ।
त्यही बयानकै आधारमाा प्रहरीले बूढीखोला आसपास युवकको खोजी गरिरहेको छ ।
आइतबार राती खोलामा कपडा भेटिएको प्रहरीले जनाएको छ ।
बाढीका कारण खोजी गर्न अप्ठ्यारो परेको तर सोमबार विहानैदेखि खोजी गरिरहेको प्रहरीको भनाइ छ ।
सोमबार प्रहरीले शंकास्पद स्थानहरुमा डोजर प्रयोग गरेर खोजी गरेको थियो । शव फेला परेको छैन ।
प्रहरीले पक्राउ गरेका युवकहरुमध्ये दुई जना दुहबी नगरपालिका– ६ र एक जना मोरङको बूढीगंगा गाउँपालिकाका हुन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #हत्या
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्