प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी छ ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा भइरहेको बहसमा रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहनुभएको छ ।
कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको जेठ ३० गते बसेको इजलासले सो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राख्ने आदेश दिएको थियो ।
वैशाख १८ गते मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
एआईजी बढुवाविरुद्ध पूर्व डिआइजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आइजिपी विरुद्धको रिटसँगै लगाउनमा राखेर एकसाथ सुनुवाइ भइरहेको छ ।
अहिलेका आइजिपी धीरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै घनश्याम अर्याल सहित ३ जना डिआइजीले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।
वैशाख १८ गते मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि आइजिपी सिंहले वैशाख १९ गतेदेखि नै कार्यभार सम्हाल्दै आउनुभएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #धिरजप्रताप सिंह, #नेपाल प्रहरी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्