अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई पुनः बोलाउने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः समितिको बैठकमा बोलाउने भएको छ ।
समितिको आजको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नभएपछि समितिले प्रधानमन्त्री देउवालाई पुनः बोलाउने निर्णय गरेको हो ।
कहिले बोलाउने भन्ने मिति तय नभए पनि प्रधानमन्त्रीको आसन्न संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा छलफल गर्ने गरी समय मिलाएर प्रधानमन्त्रीलाई बोलाइने समितिका सभापति पवित्रा निरौला(खरेल)ले जानकारी दिनुभयो ।
यस्तै समितिले बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित हुनुलाई अनुचित भएको निर्णय गरेको छ ।
प्रधानमन्त्री देउवाले अन्तिम समयमा बैठकमा आउन नसक्ने जानकारी गराउनुभएको थियो ।
बैठकमा सत्ता पक्षका सांसद्हरुको असहमतिबीच समिति सभापति खरेलले बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित हुनुलाई अनुचित भएको निर्णय पढेर सुनाउनुभयो ।
समितिको आजको बैठकमा नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको आसन्न संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको थियो ।
बैठकमा प्रतिपक्षी दलका सांसद्हरुले समितिमा राष्ट्रिय हितको महत्त्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री नआएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
सांसद्हरुले समिति मिनी संसद् भएकाले बैठकमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनु प्रधानमन्त्रीको दायित्व हुने उल्लेख गर्नुभयो ।
सत्ता पक्षका सासंद्हरुले प्रधानमन्त्रीले समितिको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराइसके पछि कार्यसूची परिवर्तन गर्नु पर्नेमा कार्यसूचीको निरन्तरता दिनु सभापतिको कार्यशैली पूर्वाग्रही भएको भन्दै आपत्ति जनाउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्