आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकारात्मक : प्रधानमन्त्री
असार २ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलकको आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित नेपाल चेम्बर एक्स्पो २०२२ को आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मलुको अर्थतन्त्रमा चेम्बरले खेलेको भूमिकाका महत्त्वपूर्ण रहेको भन्नुहुँदै निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उद्योगको संरक्षण गरी निकासी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक्स्पोमा नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेशमा उत्पादन गरिएका सामग्री राखिएको जानकारी दिनुहुँदै यस्ता एक्स्पोले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एक्स्पो असार ६ गतेसम्म चल्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्