टेकुको फोहोरबाट विद्युत उत्पादन प्लान्ट बनाउन दुई-तीन लाखमै बन्छ- मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्।
बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्।
‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई-तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने।
काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ। ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उनले बताए।
‘कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं। जस्तै: हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं। गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ उनले भने,‘किनभने मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो।’
उनले थपे,‘ब्रुमर बिग्रियो भन्नुभयो। तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ। आजदेखि चलिसक्यो। रेडी भइसक्यो। रकेट साइन्स केही पनि थिएन।’
बुधबारदेखि काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको हो। भोलिदेखि थप चार वटा गरी नौ वटाले सफा गर्न थालिने उनले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #बालेन शाह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्