प्रत्येक प्रदेशमा मेडिकल कलेज सञ्चालनमा ल्याइने : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा कार्यक्रम व्यापारिक प्रयोजनका लागि नभएको भन्नुहुँदै स्वास्थ्य बिमा ऐनको विपरीत नजाने बताउनुभएको छ ।
सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले पालिकास्तर र वडास्तरमा नयाँ अस्पताल निर्माणसँगै पुराना र जीर्ण अवस्थामा रहेका संरचनाको काम पनि अगाडि बढाइने बताउनुभयो ।
मन्त्री खतिवडाले सरकारले मिर्गौला प्रत्यारोपण र मुटुको शल्यक्रिया लगायतका उपचार सातै प्रदेशबाट गर्ने गरी योजना बनाएको भन्नुहुँदै पोखरा र सुर्खेतका लागि सम्झौता भइसकेको र अन्य स्थानमा आवश्यकताका आधारमा सम्झौता गरी उपचार अगाडी बढाइने बताउनुभयो ।
उहाँले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज र एउटा प्रतिष्ठान सञ्चालनमा ल्याउने नीति यस वर्षदेखि आएकाले त्यसलाई पनि लागु गरिने बताउनुहुँदै ४० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण र महिलाको पाठेघरको निःशुल्क परिक्षण गरिने पनि बताउनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #विरोध खतिवडा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्