सिसडोलको गल्ती बञ्चरेडाँडामा दोहोरिँदैन : रामकुमारी झाँक्री

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आवास विहीन सीमान्तकृत र विपन्न वर्गका लागि जनता आवास कार्यक्रम तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत आवास व्यवस्था गर्न सरकार लागिरहेको बताउनुभएको छ ।
मन्त्री झाँक्रीले सघन सहरी विकास कार्यक्रम अन्तर्गत यसै वर्षदेखि बस्ती विकासका कार्यक्रम थप गरिएको र त्यसबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
उहाँले दलित, भूमिहीन र विपन्न नागरिकका लागि संयुक्त आवासका कार्यक्रममार्फत एकिकृत बस्ती विकास गरिने बताउनुभयो ।
मन्त्री झाँक्रीले काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या स्थायी समाधानका लागि नवनिर्मित बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडलाई वैज्ञानिक प्रविधियुक्त बनाउन प्रयास भइरहेको बताउनुभयो ।
उहाँले सिसडोलस्थित पुरानो ल्याण्डफिल्ड साइडमा देखिएको समस्या बञ्चरेडाँडामा आउन नदिन मन्त्रालय र अन्य स्थानीय निकायहरुबीच छलफल भइरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्