सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

डोटी । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ ।
नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा मात्रै निर्वाचन हुन सकेको छैन । जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । प्रमुखमा नेपाली काँग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा काँग्रेसकै स्मृति चुनारा निर्वाचित हुनुभएको हो ।
यसैगरी जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी हुनुभएको छ भने उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का खगराज भुसाल विजयी हुनुभएको छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । प्रमुखमा काँग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा पनि काँग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित हुनुभएको हो ।
जिल्ला समन्वय समिति डडेल्धुरामा पनि नेपाली काँग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा काँग्रेसकै अमृता ठडालीमगर निर्विरोध निर्वाचित हुनुभएको छ ।
बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका खगेन्द्रसिंह धामी विजयी हुनुभएको छ । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी हुनुभएको छ । दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । सत्ता गठबन्धन दलहरूका तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू र उपप्रमुखमा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी हुनुभएको हो ।
यस्तै जिल्ला समन्वय समिति अछामको प्रमुखमा काँग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा पनि काँग्रेसकै दानमती बम शाही निर्वाचित हुनुभएको छ ।
जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनका उम्मेदवारहरूको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । समन्वय समिति प्रमुखमा काँग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले जानकारी दिनुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्