Techie IT
मंगलबार, वैशाख २३,२०८२

चितवनको राप्तीमा दुई महिनादेखि एक युवतीमाथि सामुहिक बलात्कार : एक जना पक्राउ


चितवन । सामुहिक बलात्कार गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पुर्वी चितवनको राप्ती नगरपालिका ६ स्थितमा रहेको आदर्शटोल माछापोखरीको एक खाली घरमा अन्दाजी २७ बर्षकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका ९ चौधघरेका ४५ बर्षीया पुर्ण बहादुर घलानलाई पक्राउ गरेको हो ।

घलानलाई ईलाका प्रहरी कार्यालय खैरहनी र ईलाका प्रहरी कार्यालय भण्डाराको संयुक्त टोलीले पीडित युवतीको जाहेरी पश्चात् हिजो (मंगलबार) नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ परेका घलानले नाम परिवर्तीत ३५ को खैरहनी (१४) ०७८/०७९ लाई चैत १० गतेदेखि पटकपटक बलात्कार गर्दै आएका थिए ।

काठमाडौंमा ज्यालामजदुरी गर्दैआएकी पीडित चितवन राप्ती नगरपालिका वर्डा नम्बर एक स्थित दाजु भाउजुको घरमा बस्दै आएकी थिइन् । चैत १० गते राती काठमाडौंबाट पिप्ले आउने क्रममा पिप्ले धेरै टाढा रहेको र अहिले रातीको समय भएकोले म भोलि घर पुर्‍याइदिन्छु भनी निज आरोपित घलानले आफू बस्दै आएको माछापोखरीमा लगी करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुई महिना अगाडीदेखी पटकपटक बलात्कार गर्दै आएको र ती पीडित युवतीको स्वास्थ्य अवस्था समेत बिग्रेपछि उनलाई उपचारका लागी अस्पताल लगिएको थियो । अस्पतालमा पुर्‍याएपछि सो, घट्ना बाहिरिएको हो । घट्नामा संलग्न अन्य ४ जनालाई प्रहरीले खोजी गरिरहेको चितवन प्रहरीले जनाएको छ ।

पक्राउ परेका घलानविरुद्ध बलात्कार कसुर अन्तर्गत मुद्दामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । उनलाई अहिले ईलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ भने म्याद थपका लागी आजै सम्मानित चितवन जिल्ला अदालत समक्ष बुझाउने तयारी प्रहरीले गरेको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545