रामेछापको हिमगाउँ टोलका सबै एमालेमा प्रवेश

काठमान्डौ- रामेछापको एउटा टोलै एमालेमा प्रवेश गरेको छ ।
एमाले रामेछाप नगरपालिका नगर कमिटीका सचिव सुन्दर घिमिरेका अनुसार वडा नं ४ को हिमगाउँ टोलका सबै घरका एकजनाका दरले एमाले प्रवेश गरेका हुन् । उनीहरु सबै काँग्रेसका क्रियाशिल सदस्य रहेको घिमिरेले बताउनुभयो । प्रवेश गर्ने सबै मगर समुदायका छन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष ओली,केन्द्रीयहरु सदस्य गीता कार्की,दुर्गा प्रसाईं र सुनिता बरालले अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको छ ।
अध्यक्ष ओलीले पुष्पलाल जन्मेको जिल्लामा एमाले बाहेक अरुले चुनाव जित्नु नहुने बताउनुभयो । यसपाली अनेक तरहले गठबन्धनले चुनाव जिते पनि आउने चुनावमा यसैगरी गाउँ टोलै समाहित भएर एमालेलाई जिताउनु पर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
नव पार्टी प्रवेशी मगर समुदायले अध्यक्ष ओलीसँग तीनवटा माग राखेका छन् । उनीहरुको नेतृत्व गर्दै कुमार मगरले अध्ययक्ष ओलीसँग तीनवटा माग राख्नुभएको हो । पहिलो गाउँमा २३ किलोमिटर सडकको भाडा ५ सय रुपैंया तिर्नुपर्दछ । त्यो भाडा घटाइदिनुहोस । दोस्रो रामेछापको हिमगाउँ मगरहरुको पुरानो थातथलो हो त्यहाँ एउटा मगर संग्राहलय बनाइदिनुहोस । तेस्रो गाउँमा फूटबल खेल्न रहर गर्ने किशोर र युवाहरु धेरै छन् । तर मैदान छैन । त्यसैले हामीलाई गाउँमा फूटबल मैदान ब
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्