Techie IT
मंगलबार, वैशाख २३,२०८२

सिसडोल पुगेर मेयर बालेन शाहले के भने ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले सिसडोलको अवलोकन गरेका छन् ।

शुक्रबार बिहान उनीहरुले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोलको अवलोकन गरेका हुन् ।

फोहोरको गन्धको गुनासो सुनेपछि मेयर शाहले एक हप्ताभित्र दुर्गन्ध हटाउने आश्वासन दिए ।

उनले केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने बताए ।

उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिसडोल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:18 am6:41 pm +0545