बजेटमा चुनाव खर्च उठाउने व्यवस्था गरियोः सांसद अधिकारी

काठमाडौँ । नेकपा (एमाले)का सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले चुनाव खर्च उठाउन बजेट वक्तव्यमार्फत व्यवस्था गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै अधिकारीले अमूक व्यक्ति र व्यापारीलाई पोस्ने गरी नीतिगत व्यवस्था गरेर बजेटको दुरुपयोग गरिएको बताए ।
‘१० करोडभन्दा बढीको बिजुली खपत दिनेलाई छुट दिनुभएको छ । अर्थमन्त्रीले कुन व्यापारीसँग कति चुनाव खर्च उठाएर यस्तो व्यवस्था राख्नुभयो । व्यक्ति पोस्ने गरी बजेटमा नीतिगत व्यवस्थाहरु गरिनु आपत्तिजनक छ’, अधिकारीले भने ।
त्यस्तै, अपार्टमेन्टमा २० प्रतिशत लगानी गर्न विदेशीलाई दिने घोषणाको पनि अधिकारीले विरोध गरे । ‘बजेटले २० प्रतिशत अपार्टमेन्ट विदेशीलाई दिने भनियो । यो कुन विदेशी कम्पनीका लागि, कहाँ राखेको पैसा, कुन व्यापारीका लागि तोकेको हो भन्ने पनि लेखेको भए हुन्थ्यो । यो कुनै अमूक व्यापारीका लागि ल्याइएको कार्यक्रम हो’, उनले भने ।
त्यस्तै, स्वास्थ्य बीमालाई पनि निजीकरण गर्न लागिएको आरोप लगाए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #खगराज अधिकारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्