काठमाडौं महानगरले पुराना गाडीलाई नै एम्बुलेन्स बनाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले ‘पूर्वाधार एम्बुलेन्स’ बनाउन पुरानै गाडी प्रयोग गर्ने भएको छ।
महानगरले पूर्वाधार एम्बुलेन्सको लागि नयाँ गाडी खरिद नगरी भएका पुराना गाडीलाई नै प्रयोग गर्न लागेको काठमाडौं महानगरपालिकाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख रामबहादुर थापाले जानकारी दिए।
गत सोमबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकमा महानगरले भौतिक पूर्वाधार एम्बुलेन्स एक साताभित्र सञ्चालन गर्ने निर्णय गरेको थियो।
‘महानगरको मातहतमा भएका गाडीलाई नै पूर्वाधार एम्बुलेन्स बनाउने काम भइरहेको हो,’ थापाले भने, ‘अहिले हामीले दुइटा गाडीलाई पूर्वाधार एम्बुलेन्सको रूपमा विकास गर्ने काम गरिरहेका छौं। विस्तारै अरू पनि गर्नेछौं।’
सञ्चालनमा आउने दुइटा पूर्वाधार एम्बुलेन्समा एक इन्जिनियरसहित ४ जना मजदुरहरूको टोली रहने उनले बताए।
उनका अनुसार पूर्वाधार एम्बुलेन्समा रहेका मजदुरहरूलाई दैनिक ज्यालादारीमा राखिनेछ। उनीहरूलाई सरकारी दररेटमा राखिने छ।
सोमबार बसेको बैठकको निर्णयअनुसार नै काम भइरहेको उनले बताए।
पूर्वाधार एम्बुलेन्सले महानगरभित्र कुनै पूर्वाधार बिग्रिएको खण्डमा तुरून्तै मर्मतसम्भार गर्ने बताइएको छ।
कतै बाटो खाल्डो पर्यो, ढल फुट्यो वा पूर्वाधारसम्बन्धी कुनै पनि समस्या आयो भने महानगरको कल सेन्टरमा फोन गरेपछि तुरून्तै त्यस्तो ठाउँमा प्राविधिकसहितको भौतिक पूर्वाधार एम्बुलेन्स महानगरले पठाउने छ।
महानगरले एक हप्ताभित्र कल सेन्टर पनि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्