Techie IT
आईतबार, वैशाख २१,२०८२

रूस–युक्रेन युद्ध : युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार प्रणाली विच्छेद


किएभ। रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् ।

सहरको सम्पूर्ण सञ्चार सम्पर्क बिच्छेद भएको र केबलहरु बिच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ ।

‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल सञ्चार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ । साथै, ल्यान्डलाइन फोन उपकरणहरू प्रयोग गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय फोन कल गर्ने कुनै माध्यम छैन,’ राज्य सेवाले अगाडि भनेको छ ।

२४ फेब्रुवरीदेखि युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले पछिल्लो समय आफ्नो सम्पूर्ण शक्ति पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । दोनेत्स्क, लुहान्स्कलगायतका क्षेत्रमा रुसी फौज बढिरहेको छ ।

युद्ध अन्त्य गर्न यसअघि भइरहेका वार्ता प्रयास पनि अबद्ध भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताउँदै आएका छन् । तर, क्रेमलिनले यसबारे खासै चासो देखाएको छैन् । एजेन्सी


क्याटेगोरी : अन्तरवार्ता, समाचार
ट्याग : #रूस–युक्रेन युद्ध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:20 am6:40 pm +0545