Techie IT
सोमबार, वैशाख २२,२०८२

विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइयो


काठमाडौं । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात् शवलाई आफन्तको जिम्मा लगाइनेछ ।

यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विमान दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545