चौथो महिला अधिकार दिवस: महिला सहभागिता ५० प्रतिशत पुर्याउन माग

काठमाडौँ । सरकारले बलात्कारमा हद म्याद हटाउनेसम्बन्धी विधेयक तत्काल ल्याउन लागेको जनाएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हद म्याद नलाग्ने गरी कानून संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने जानकारी दिनुभयो ।
समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले विगतमा भएका महिला आन्दोलनको जगबाटै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताउनुहुँदै भोलिका दिनमा ५० प्रतिशत महिला सहभागिता पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले संविधानमा समानताको हक स्थापित भए पनि अझै आमाका नामबाट नागरिकता पाउन कठिनाइ भएकाले सहज प्रबन्धका लागि सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व मन्त्रीहरू कमला पन्त, थममाया थापा, चन्दा चौधरी लगायतले शोषित, पीडित महिलाका लागि हक अधिकार व्यवहारिक रुपमा स्थापित गर्न सकेमा महिला अधिकार दिवसले सार्थकता पाउने बताउनुभयो ।
२०६३ साल जेठ १६ गते तत्कालीन पुनः स्थापित संसद्ले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चितता लगायत महिला अधिकारका सवालमा चार बुँदे सङ्कल्प प्रस्ताव पारित भएको दिनलाई नेपाल सरकारले २०७६ सालदेखि राष्ट्रिय महिला अधिकार दिवसका रुपमा मनाउन थालेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उमा रेग्मी, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्