Techie IT
सोमबार, वैशाख २२,२०८२

तारा एयर दुर्घटना: मुक्तिनाथ दर्शन गर्न गएको परिवार नै सखाप


काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना हुँदा धनुषाका एकै परिवारका ७ जनाको निधन भएको छ ।

धनुषाको मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोलेका परिवारका तीर्थ हिँडेका ७ जनाको निधन भएको हो ।

उनीहरु मुक्तिनाथको दर्शन गर्नका निम्ति आइतबार तारा एयरको ९ एइटी जहाज चढेर जोमसोमका लागि उडेका थिए ।

तर उनीहरु कोही पनि मुक्तिनाथ पुग्न पाएनन् । विमानमा सवार २२ जनाकै निधन भएको छ ।

निधन हुनेमा राजनका आमा राममाया, बुबा इन्द्रबहादुर, काका पुरुषोत्तम, काकी तुलसा देवी, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया रहेका छन् ।

यो घटनापछि पुरै गाउँ नै शोकमा छ ।

चालक दलसहित २२ जना सवार विमान आइतबार विहान ९ः५५ मा जोमसोमका लागि उडेको थियो ।

विमान अवतरण हुन केही समय अघि सम्पर्कविहीन भएको थियो । तीनै सुरक्षा निकाय तथा स्थानीयको सक्रियतामा सोमबार विहान विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

शव संकलन गरेर पोस्टमार्टमका लागि काठमाडौँ शिक्षण अस्पताल ल्याइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विमान दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545