अब आफूखुसी घर जग्गा बिक्री गर्न नपाउने

काठमाडौँ । के तपाईँले काठमाडौँ महानगरलगायत देशका महानगर, उपमहानगरपालिकामा घर जग्गाको बिक्री गर्ने सोच बनाउनुभएको छ? अब तपाईँले आफ्नो घर जग्गा बिक्रीका लागि स्थापना गर्ने विशेष संयन्त्रमार्फत मात्रै बिक्री गर्नुपर्नेछ ।
घर जग्गाको बिक्री वितरणमा हुँदै आएको वास्तविक मूल्यभन्दा असाध्यै न्यून मूल्यमा हुने गरेको पाइएको छ । त्यसबाट सरकारको राजश्व समेत कम उठेको र सही विवरणसमेत उपलब्ध नहुने अवस्था भएकाले सरकारले विशेष संयन्त्रको व्यवस्था गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा घर जग्गा बिक्रीका लागि आफूखुसी निर्णय गर्नुभन्दा पनि अब स्थापना हुने विशेष संयन्त्रमार्फत मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले घरजग्गाको एकीकृत मूल्याङ्कन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा कारोबार गर्दा अर्बौँ पुँजीगत लाभकरलगायतका कर छली हुने भनी लगातार प्रश्न उठ्दै आएको थियो । अर्थमन्त्री शर्माले जग्गाको नाप जाँच गरी भूमिहीनलाई जग्गाधनी पुर्जा दिने घोषणा गर्नुभएको छ ।
नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि काठमाडौँ महानगरलगायतका सबै महानगर र उपमहानगरपालिकाभित्र व्यक्तिले अब आफूखुसी घरजग्गा बेच्न नपाउने व्यवस्था गरिएको छ ।
यस्तो व्यवस्था क्रमशः पछि सबै पालिकामा उपलब्ध गराइने अर्थमन्त्रीले बजेटमा व्यवस्था गर्नुभएको छ । त्यस्तै आगामी आवभित्र देशभरका भूमिहीनमध्ये पाँच लाखलाई लालपुर्जा वितरण गरिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्थमन्त्री
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्