चितवनका १८ कैदीले पाए आममाफी

चितवन। पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् ।
कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरुमध्ये १५ जना ५० प्रतिशत कैद भुक्तान गरेका र तीन जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेका छन् ।
आचार्यका अनुसार असल चालचलन भएकालाई आममाफीका लागि सिफारिस गर्ने गरिन्छ । विभिन्न अवसर पारेर गरिने सिफारिसमा राष्ट्रपतिमार्फत आममाफी दिने प्रचलन रहेको छ ।
यस कारागारमा दुई आश्रित बालिकासहित ७४१ कैदी बन्दी छन् । २५५ को क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ६८७ र २५ को क्षमता रहेको महिला बन्दी गृहमा ५२ रहेका छन् ।–रासस
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #गणतन्त्र दिवस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्