प्रचण्डले हर्क साम्पाङ र बालेन साहलाई दिए बधाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई बधाई दिएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।
उनले काठमाडौँ र धरानवासी मतदातालाई धन्यवाद समेत ज्ञापन गरे । उनले बालेन र हर्क चाँहि पूर्ण रुपमा स्तन्त्र रहेको बताए । तर अन्य स्वतन्त्र भनिएकाहरु चाँहि वास्तवमा स्वतन्त्र नभएको टिप्पणी गरेका छन् ।
प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने बताए ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारहरु निर्वाचित जित्नुले दलहरुलाई चेनौती भन्दा सच्चिन अवसर दिएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #बालेन साह, #हर्क साम्पाङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्