बाजागाजासहित उपमेयर सुनिता डंगोल को विजय र्याली

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित भएसँगै सुनिता डंगोलको बाजागाजासहित विजय र्याली निकालिएको छ ।
निर्वाचन आयोगले उपमेयरमा निर्वाचित भएको घो षणागरेसँगै मतगणनास्थल राष्ट्रिय सभागृहबाट महानगरपालिकाको मुख्यालयसम्म विजय र्याली निकालिएको हो ।
पार्टीका समर्थकहरुले खादा माला अविर लगाइदिएका थिए भने बाजागाजासहित र्याली भद्रकाली हुँदै महानगरपालिकाको मुख्यालय पुगेको थियो ।
नेकपा एमालेका तर्फबाट विजयी उम्मेदवारसहितको टोली पनि राष्ट्रिय सभागृहबाट महानगरपालिकाको मुख्यालयसम्म गएका छन् ।
उपमेयरमा निर्वाचित भएसँगै मतदातालाई धन्दवाद दिन विजय याली भने भोलि गरिने भएको छ ।
औपचारिक विजय जुलुस भने भोलि ११ बजेदेखि वसन्तपुरबाट निकालिने उपमेयर डंगोलले बताइन् । गठबन्धनबाट उपमेयर पदमा उम्मेदवार बनेको रामेश्वर श्रेष्ठलाई पराजित गर्दै उनी भारी मतान्तरसहित उपमेयरमा निर्वाचित बनेकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #सुनिता डंगोल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्