गोरखाको रबर उद्योगको विषयमा मुख्यमन्त्री र प्रधानमन्त्री बिच छलफल

गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानमन्त्री शेरबहादुर देउवा बिच गोरखकाली रबर उद्योगको विषयमा छलफल भएको छ ।
मुख्यमन्त्री पोखरेलले गोरखा नगरपालिका १३ मा रहेको रबर उद्योग संचालनका लागि पहल गर्न प्रधानमन्त्री देउवा सँग माग राखे ।
भेटमा मूख्यमन्त्री पोखरेलले प्रदेशभित्रका मुख्य योजनाहरूको सूची संघ सरकारलाई बुझाएका छन् ।
संघीय सरकार बजेट, नीति तथा कार्यक्रम निर्माणको तयारीमा रहेका बेला पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेशका प्राथमिकतामा परेका योजन बुझाएका हुन् ।
राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्वका र अन्तर प्रदेश विकासमासमेत महत्वपूर्ण हुन सक्ने आयोजनाहरूमा संघ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने आवश्यक रहेकाले योजनाहरू बुझाएको मुख्यमन्त्री पोखरेलले बताए ।
आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरूरी रहेको बताउँदै उनले भने, ‘उनले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना सन्चालनसँगै बुढीगण्डकी जलविद्युत आयोजनाको सुरूआत गर्न आग्रह गरेको छु ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्