तारकेश्वर साङ्गलामा एमाले क्रेज : चुनावको मुखमा ४७ जनालाई केपी ओलीद्धारा पार्टी प्रवेश

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रबाट तारकेश्वर १ साङ्गलामा ४७ जना नेता कार्यकर्ताहरु एमाले प्रबेश गरेका छन ।
एमाले प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा स्वतन्त्र वडा अध्यक्षका उमेद्धवार बिक्रम श्रेष्ठ , कांग्रेसका कृयाशिल सदस्य प्रदिपमान सिंह कुँवर , रामशरण सापकोटा ,सवीन नेपाल , कुँवेर बुढाथोकी , कपील अधिकारी , रबीन्द्र लवट लगायत ४७ जना रहेका एमाले युवा नेता सुमनराज कार्कीले बताए ।
स्वतन्त्र उमेद्धवार तथा ईन्जिनियर समेत रहेका बिक्रम श्रेष्ठले आफू लामो देखी नेपाली कांग्रेसमा सक्रिय राजनिती गरेको र कांग्रेस भित्र चरम गुट उपगुटले पार्टी कम्जोर बन्दै गएको र अराजक र अवसरवादी प्रबृद्धी कांग्रेस भित्र चरम हावी भएकैकारण अव युवाहरुको भवीष्य नभएको कारण आफू एमाले प्रवेश गरेको बताए ।
एमाले पार्टी सचिव प्रकाश ढकालका अनुसार आज बिहान एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगी पार्टी प्रवेश गरेका हुन भने अध्यक्ष के.पी ओलीले खाँदा लगाएर उहाँहरुलाई स्वागत तथा बधाई ज्ञापन गुर्नुभएको छ ।
साही समारोहमा एमाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको मूल प्रवाह एमाले भएको भन्दै अब कतै पनि नअल्मिलिई एमालेमा समाहित हुन आग्रह गर्नुभएको छ । आगामी निर्वाचनमा जुनसुकै गठबन्धनका विरुद्ध पनि एमालेले एक्लै विजय हासिल गर्ने उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रवेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्