टोखामा समाजवादी पार्टीका उम्मेदवार र प्रभावशाली नेतानै सूर्यको झण्डा बोकेर प्रकाश अधिकारीको चुनावी प्रचार प्रसारमा
टोखा नगरपालिकामा नेकपा एमाले मजबुत बन्दै

भुइँ तहको मानिने स्थानीय तहको निर्वाचन जतिजति नजिकिँदै छ, चुनावी मैदानमा होमिएका उम्मेदवारहरु उतिउति घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । नगरपालिकाका उम्मेदवार जनताका बीचमा पुगेर मत मागिरहेका छन् । टोखा नगरपालिकामा नेकपा एमाले मजबुत बन्दै गएको छ ।
२०७४ सालमा प्रमुख र उपप्रमुखमा विजयी बनेको नेकपा एमालेले यस पटक ५ वर्षमा गरेका विकास निर्माणका कामहरु लिएर टोखा वासीको माझमा पुगेका उम्मेदवारहरुलाई नेकपा एकीकृत समाजवादीका नेताहरुले समेत सक्रिय साथ दिएका छन।
नेकपा माले कालिन समय देखि नै टोखा क्षेत्रमा कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेर संगठन विस्तार गरेका प्रभावशाली नेता गजराज श्रेष्ठ नेकपा एस छोडेर नेकपा एमालेको प्रचारमा जुटे संगै थप बलियो बनेको नेकपा एमालेलेलाई अन्य नेताहरुले पनि साथ दिएका छन्।
त्यस्तै नेकपा एकीकृत समाजवादीका तर्फ बाट वडा नं १ को अध्यक्षमा मनोनयन गरेका श्याम लाल श्रेष्ठ , सदस्यमा मनोनयन गरेका महेश्वर अधिकारी अहिले नेकपा एमालेको प्रचारमा निकै सक्रिय रहेका छन।
टोखा नगरपालिकाका लागि प्रस्तावित नगर प्रमुखका उम्मेदवार गजराज श्रेष्ठको सक्रियताले नेकपा एमालेको अभियानमा सकरात्मक प्रभाव पारेको बताउदै नगर कमिटी अध्यक्ष सत्यनारायण डंगोलले नेकपा माओवादी केन्द्रका नेता तथा वडा नं ८ का अध्यक्ष उम्मेदवार रतन परियार पनि अभियान मै रहेको जानकारी दिएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्