Techie IT
शनिबार, असार ७,२०८२

भन्सार छली चोरी पैठारी गरी ल्याएको सामान सहित दुई जना पक्राउ


चितवन । चितवन प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको सामान सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सुराकीको आधारमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भैरहवा नाका हुँदै नारायणगढतर्फ लैजाँदै गरेको अवस्थामा अवैध आलु, प्याँज लगायतका सामानहरु सहित दुई जनालाई पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका वडा नंम्बर ३ पुल्चोकस्थित खरानीडाँडामा सवारी चेकँजाच गर्ने क्रममा ना ४ च ४६५५ नंम्बरको बलेरो गाडीमा लोड गरी ल्याएको आलु ६ बोरामा २८८ केजी, प्याज २० बोरामा ३४० केजी, चिनी १६ बोरामा ८०० केजी, रेडवुल २१ काटुनमा ५०४ पिस र मल ५ बोरामा २२५ केजी अबैध सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए । (एसपी) अधिकारीका अनुसार बरामद गरिएको सामानको मूल्य अन्दाजी सत्र लाख एकसट्ठी हजार सात सय बत्तीस रुपैयाँ रहेको जनाइएको छ ।

सामान सहित पक्राउ परेका बलेरो चालकसहित २ जना लाई थप अनुसन्धानको लागी भन्सार कार्यालय बिरगञ्ज पर्सामा बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

(एसपी) अधिकारीले चितवन जिल्लाको नेतृत्व सम्हाले यता पछिल्लो समय चितवन प्रहरीले यस जिल्ला भएर भित्रीने अवैध तस्करीका सामानहरुबाट सफलता हात पार्दै आएको छ । यसअघि तीन करोड बराबरको कपडा सहित तस्कर पक्राउ गरेको चितवन प्रहरीले केही दिन अघि मात्रै राजमार्गमा गुडिरहेको ट्रकलाई रोकेर लत्ताकपडा लुट्ने गिरोहका ३ जनालाई समेत पक्राउ  गर्न सफल भइसकेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Mostly Cloudy
5:07 am7:03 pm +0545