विश्वमा हरेक ९ जना मान्छेमा एक जना भोकै सुत्ने गरेको तथ्य सार्वजनिक

विश्वमा अहिले भोकमरी २०३० सम्ममा अन्त्य गर्ने भनेर सयुक्त राष्ट्रसंघले लक्ष्य राखेको भए पनि जलवायु परिवर्तन, आपसी विवाद जस्ता समस्याले सो लक्ष्य पुरा हुन सक्नेमा आशका बढेको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।
सयुक्त राष्ट्रसघका विश्व खाद्य कार्यक्रमका प्रमुख डेविड बेशलीले खाद्य समस्याले एउटा ठूलो तुफान मानिस तर्फ ल्याउदै गरेको भन्दै सबै जागरुक हुन चेतावनी दिएका छन् ।
राष्ट्रसंघीय तथ्याकं अनुसार विश्वमा हरेक ९ जना मानिस मध्य एक जना भोकै सुत्ने गरेका छन् । त्यस्तै हरेक ५ देखि १० सेकेण्ड भित्र एक बच्चाको खान नपाएर कुपोषणका कारण मृत्यु हुने गरेको छ । यसरी हेर्दा प्रत्यक मिनट ६ देखि १२ जना बाल बालिकाको मृत्यु कुपोषणका कारण भईरहेको छ ।
बेसलीले नागरिकहरुले आफ्नो भोजमा खाना फाल्ने नाश पार्ने गरेको तर्फ संकेत गर्दे भोजन बचाउन अपील गरेका छन् ।
विश्वभर १५ करोड भन्दा बढी पाच वर्ष मुनिका बच्चाहरुमा कुपोषण रहेको छ भने ६० करोड मानिस मोटोपनको समस्याबाट गुज्रिरहेका छन् ।
भोकमरीको समस्या एक प्रतिशतका दरले बढीरहेको र माईग्रेनको समस्या दुई प्रतिशतले बढेको हंगर रिपोर्टमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्