विश्वमा हरेक ९ जना मान्छेमा एक जना भोकै सुत्ने गरेको तथ्य सार्वजनिक
विश्वमा अहिले भोकमरी २०३० सम्ममा अन्त्य गर्ने भनेर सयुक्त राष्ट्रसंघले लक्ष्य राखेको भए पनि जलवायु परिवर्तन, आपसी विवाद जस्ता समस्याले सो लक्ष्य पुरा हुन सक्नेमा आशका बढेको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।
सयुक्त राष्ट्रसघका विश्व खाद्य कार्यक्रमका प्रमुख डेविड बेशलीले खाद्य समस्याले एउटा ठूलो तुफान मानिस तर्फ ल्याउदै गरेको भन्दै सबै जागरुक हुन चेतावनी दिएका छन् ।
राष्ट्रसंघीय तथ्याकं अनुसार विश्वमा हरेक ९ जना मानिस मध्य एक जना भोकै सुत्ने गरेका छन् । त्यस्तै हरेक ५ देखि १० सेकेण्ड भित्र एक बच्चाको खान नपाएर कुपोषणका कारण मृत्यु हुने गरेको छ । यसरी हेर्दा प्रत्यक मिनट ६ देखि १२ जना बाल बालिकाको मृत्यु कुपोषणका कारण भईरहेको छ ।
बेसलीले नागरिकहरुले आफ्नो भोजमा खाना फाल्ने नाश पार्ने गरेको तर्फ संकेत गर्दे भोजन बचाउन अपील गरेका छन् ।
विश्वभर १५ करोड भन्दा बढी पाच वर्ष मुनिका बच्चाहरुमा कुपोषण रहेको छ भने ६० करोड मानिस मोटोपनको समस्याबाट गुज्रिरहेका छन् ।
भोकमरीको समस्या एक प्रतिशतका दरले बढीरहेको र माईग्रेनको समस्या दुई प्रतिशतले बढेको हंगर रिपोर्टमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्