स्थापित भन्छन, अरुको तिहार किन बिगार्नु, प्रदेशसभामा धुँवा उडाउँछु’
काठमाडाैँ । मन्त्रीबाट बर्खास्त भएपछि चीन भ्रमण रद्द भएका केशव स्थापित मुख्यमन्त्री पाैडेलप्रति अाक्रामक देखिएका छन । प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्त भएलगत्तै मन्त्रीकै हैसियतामा चीन जनाे बताएका स्थापित भ्रमण रद्द भएपछि अझै अाक्रोशित बनेका छन ।
उनले मन्त्रीको हैसियतमा चीन भ्रमणमा जान खोजेका थिए तर पद खुस्केपछि हैसियत फेरिने भएर चीन भ्रमण रद्द गरेकाे बताएका छन ।बुधबारको मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडा भएछपि शुक्रबार उनलाई बर्खास्त गरिएको थियो । चीन भ्रमणका लागि काठमाडौं आएका स्थापित आइतबार चीन जाने कार्यक्रम थियो तर उनी गएनन् । दैनिकीसँगको कुराकानीमा उनले मुख्यमन्त्रीप्रति चर्को अाक्रोश पोखे ।

’मलार्इ हटाउनुको एउटा कारण मुख्यमन्त्री पाैडेल विदेश जान नपाएकाले पनि हो पार्टीले अहिले नबोल्न निर्देशन दिएको छ त्यही भएर अहिले धेरै बोल्दिन’ उनले भने ‘बोलेपछि चर्कै बोलिन्छ। बोलेर अरुको तिहार किन बिगारिदिनु ?’ उनले अब हुने प्रदेशसभाको बैठकमा ‘धुवाँ उडाउने’चेतावनी समेत दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केशव स्थापित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्