काँग्रेस संखुवासभाले टुङ्ग्यायो पाँच नगरपालिकाको प्रमुख र उपप्रमुख

संखुवासभा –
नेपाली काँग्रेस संखुवासभाले पाँच नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।
संखुवासभा काँग्रेसले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाँच नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको हो ।
काँग्रेस संखुवासभाका सभापति दिपक खड्काका अनुसार धर्मदेवी नगरपालिकाको प्रमुखममा थलकुमार लिंखा र उपप्रमुखमा तारा महत, चैनपुर नगरपालिकाको प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा अन्जना लिन्थेप, मादी नगरपालिकाको प्रमुखमा पासाङ शेर्पा र उपप्रमुखमा तारा कोइराला प्याकुरेल, पाँचखपन नगरपालिकाको प्रमुखमा विपिन राई र उपप्रमुखमा सिताकुमारी श्रेष्ठ र खाँदवारी नगरपालिकाको प्रमुखमा महेश थपलिया र उपप्रमुखमा कमला गुरुङको नाम टुङ्गीएको हो ।
सभापति खड्काले नगर कार्यसमिति र क्षेत्रीय कार्यसमितिले गरेको निर्णयलाई सदर गरेर प्रदेश कार्यसमितिमा सिफारिस गरिएको जानकारी दिनुभयो । गठबन्धन दलहरुसँग वार्ता भइरहेको हुँदा वार्ता सफल भएमा उक्त नाम हेरफेर हुनेसमेत सभापति खड्काले बताउनुभयो ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
ट्याग : #hot, #नेपाली काङ्ग्रेस, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्