प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला २०७८ आईतबार सम्पन्न

काठमाडौं । अर्गानिक एशोसिएशन अफ नेपाल र कंचनजंघा टि स्टेट एण्ड रिसर्च सेण्टरको आयोजनामा पाटन संग्राहलय परिसरमा बैशाख १ गते देखि शुरु भएको पाँचौं प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला २०७८ आईतबार सम्पन्न भएको छ । सो अवसरमा समापन कार्यक्रम आयोजना गरि मेलामा उत्कृष्ट स्थान हासिल गर्न सफल फर्मर उद्योगलाई पुरस्कृत गरियो । जसमा हिमालय बायो ट्रेड प्रथम, प्राङ्गारिक कृषक समुह बुढानिलकण्ठ द्धितिय, हिमालयन हर्बस तृतिय स्थान र रक हनी जुम्ला तथा उदय गार्डेन सेण्टरले सान्त्वना पुरस्कार जित्न सफल रहे ।रेखा अर्याल, तारा बाँस्कोटा र विशाल केसी निर्णायक रहेको मुल्यांकन समितिले सहभागी स्टल मध्येबाट उत्कृष्ट छनौट गरेको हो ।
सो अवसरमा कार्यक्रम माझ सभापतिको आसनबाट बोल्नुहुँदै अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष पूर्व मन्त्री दिपक प्रकाश बाँस्कोटाले अर्गानिक अभियान घरघरबाट शुरु गर्नुपर्ने बताउनुहुँदै शुद्ध खानाले जीवनलाई सुख र खुशी दिने उल्लेख गर्नुभयो । साथै, उहाँले मेला अर्गानिक अभियानको पाटो रहेको र यसले अर्गानिक उत्पादनको बजारीकरणमा सघाउ पुग्ने समेत बताउनुभयो ।
त्यसैगरि, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले अर्गानिक उत्पादन महंगो हुन्छ भन्ने भ्रम चिर्दै अघि बढनुपर्ने खाँचो औल्याउदै ललितपुर चेम्बरले आगामी दिनमा मेला लगायतका प्रबर्धनात्मक कार्यमा सहकार्य गर्दै अघि बढन आतुर रहेको बताउनुभयो।
ग्लोबल कन्ट्रि अफ वर्ल्ड पिसका म्यानेजिङ डाईरेक्टर राजा डा। किन्स्ले ब्रुकले नेपालको परम्परागत कृषि वैदिक कृषि रहेको उल्लेख गर्दै स्वस्थकर खानपानका लागि अर्गानिक खेतीको विकल्प नरहेको उल्लेख गर्नुभयो । साथै उहाँले नेपालले औषधीका रुपमा रहेको वैदिक कृषि मार्फत विश्वलाई नेतृत्व दिन सक्ने दाबी समेत प्रस्तुत गर्नुभयो ।
सो अवसरमा कार्यक्रम माझ मेलाकी संयोजक तथा अर्गानिक एशोसियसन अफ नेपालकी महासचिव शान्ता बाँस्कोटा कोईरालाले ७ वटै प्रदेशमा मेला आयोजना गर्ने योजना रहेको बताउनुहुँदै मेलाले अर्गानिक उत्पादन बारे प्रचार प्रसारमा व्यापक सघाउ पुगेको उल्लेख गर्नुभयो । साथै उहाँले मेलालाई सफल पार्न सहभागीता जनाउनु हुने तथा हौसला प्रदान गर्नुहुने सबैमा धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
कृषक समुह महासंघका संस्थापक अध्यक्ष एवम् खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्घव अधिकारीले जग्गाहरु घडेरिकरण गर्ने क्रममा आएको बढोत्तरी र माटोलाई बिगारिएकाले जमिनको उत्पादकत्व क्षमतामा ह्रास आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा अर्गानिक खेतीलाई प्राथमिकतामा राख्दै अघि बढनुपर्ने खाँचो औल्याउनुभयो ।
ग्लोबल मदर डिभाईनकी प्रबन्ध निर्देशक लेस्ली ब्रुकले शुद्ध खाद्यान्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउदै आफनो परिवारको स्वास्थ्य र दिर्घ जीवनका लागि अर्गानिक खानालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । साथै, उहाँले पूर्विय दर्शन अनुरुप वैदिक कृषि खेतीलाई प्राथमिकता दिनुपर्ने राय पेश गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदकी कार्यसमिती सदस्य नन्दा भुषाल, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष ॠषिकेश तिमल्सेना लगायतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्