अाज कांग्रेसकाे चियापान कार्यक्रम
काठमाडाैं, १६ कार्तिक ।
नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत्, छठपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
दिउँसाे १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।
कार्यक्रममा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, उद्योगपति एवं व्यवसायीहरू, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, सञ्चारगृहहरू, पत्रकारहरू, गैरआवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखहरूको सहभागिता रहेको कांग्रेसले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेसकाे चियापान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्