अाज कांग्रेसकाे चियापान कार्यक्रम

काठमाडाैं, १६ कार्तिक ।
नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत्, छठपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
दिउँसाे १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।
कार्यक्रममा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, उद्योगपति एवं व्यवसायीहरू, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, सञ्चारगृहहरू, पत्रकारहरू, गैरआवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखहरूको सहभागिता रहेको कांग्रेसले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेसकाे चियापान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्