Techie IT
मंगलबार, वैशाख २३,२०८२

मनहरीबाट ३५ किलो लागूऔषध गाँजा सहित पाँच जना पक्राउ


मनहरी । मकवानपुरको मनहरीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा शनिबार ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले प्रतिबन्धित ३५ किलो लागूऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चितवनको राप्ती नगरपालिका १ बस्‍ने ११ वर्षीया सरोज तामाङ, २५ वर्षीय सूर्य बहादुर स्याङ्गो, २८ वर्षीया होमनाथ मुक्तान, २५ वर्षीया यमराज मुक्तान र २४ वर्षीया एबीलाल तामाङ रहेका छन् ।

उनीहरु सवार बा ८ ख ८१०६ नंम्बरको यात्रुवाहक बसलाई मनहरी गाउँपालिकामा ६ मा रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले एबी लाल तामाङ्को झोलाबाट लागुऔषध गाँजा ३५ किलो फेला पारेको थियो ।

लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545