आङ्ग खस्ने रोगबारे जनचेतना फैलाउन दुई हजार जनाको सहभागितामा पैदलयात्रा हुने

काठमाडौं । रोटरी क्लब अफ हिमालय पाटनले महिलाहरूमा देखिने आङ्ग खस्ने रोगबारे जनचेतना फैलाउन दुई हजार जनाको सहभागितामा पैदलयात्रा गर्ने भएको छ ।
भोलि शनिबार बिहान ललितपुरको मंगलबजारदेखि कीर्तिपुरस्थित उमा महेश्वर मन्दिरसम्म पैदलयात्रा गर्न लागिएको रोटरी क्लब अफ हिमालय पाटनले जानकारी दिएको छ । जनचेतनाको अभावले गर्दा आङ्ग खस्नेसम्बन्धी रोगको उपचार समयमै नपाउँदा ग्रामीण तथा शहरी महिलाहरू यो समस्याले पीडित भएको भन्दै ‘महिला स्वास्थ्यका लागि सम्पदा पैदलयात्रा’ नाराका साथ पैदलयात्रा गर्न लागिएको आयोजकको भनाइ छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी क्लबले दिएको जानकारी अनुसार पैदलयात्रामा दुई हजार जनाको सहभागिता रहने छ । यो जनचेतना अभियानबाट विद्यमान रोगबारे महिलाहरूमा जनचेतना फैलिनाका साथै समयमै उपचार पाउन सक्ने आयोजकको दाबी छ । विश्व स्वास्थ्य दिवसलाई लक्षित गरी संस्थाले यो अभियान सञ्चालन गर्न लागेको हो ।
भविष्यमा ग्रामीण तथा शहरी क्षेत्रमा स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य शिविरहरू समेत सञ्चालन गर्दै जाने क्लबले लक्ष्य लिएको छ । शिविरहरू सञ्चालन गर्दा हुने खर्च व्यवस्थापनका लागि पैदलयात्रामार्फत आर्थिक सहयोग जुटाउने क्लबको प्रयास रहने बताइएको छ ।
रोटरी क्लब अफ हिमालय पाटनको स्थापना रोटरी इन्टरनेशनल रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत १७ सेप्टेम्बर २००३ मा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापित सामाजिक संस्था हो । संसारभरका २०० वटा देशमा ४ हजार ६०० भन्दा बढी यस्ता क्लब गठन भएका छन् । ति क्लबहरूमा ४६ हजार भन्दा बढी सदस्यहरू आवद्ध छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्