नाबालिकालाई यौन दुब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चितवन । आफैंले पढाउने छात्रालाई यौन दुब्यवहार गरेको आरोपमा चितवन प्रहरीले दुई शिक्षकलाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंम्बर १३ गंगानगरमा रहेको श्री माध्यमिक विद्यालयमा अध्ययनरत दुई नाबालिका छात्रालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही बिद्यालयका शिक्षक भरतपुर महानगरपालिका १३ बस्ने ५८ वर्षीया फणिन्द्र भट्टराई र ५२ बर्षीया शिक्षक बिमलप्रसाद देवकोटालाई पक्राउ गरेको हो ।
पक्राउ परेका शिक्षकद्वयले कक्षा ४ मा अध्ययनरत १३ वर्षीया नाबालिका र कक्षा ६ मा अध्यनरत अर्का १२ वर्षीया नाबालिकलाई यौन दुर्व्यवहार गरेका थिए ।
उनीहरुले विभिन्न बहानामा विद्यार्थीहरुको शरीरका विभिन्न स्थानहरुमा हात लगाउने, संवेदनशील अङ्गमा सुम्सुम्याउने गरेको भनी नाबालिकाको तर्फबाट दुवैका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनमा बाल यौन दुरुपयोग मुद्दामा जाहेरी दरखास्त गरेका थिए ।
नाबालिकाहरुको तर्फबाट अभिभावकले जाहेरी दिएलगत्तै दुवै शिक्षकलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूउपर आज शुक्रबार सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय चितवन प्रहरीले बिद्यालयभित्र बालबालिकामाथि हुने गरेका यौन दुब्यवहार जस्ता घट्नामा संलग्न शिक्षक माथि पक्राउ गरी अनुसन्धान गर्दै आइरहेको छ । केही दिनअघि मात्रै प्रहरीले माडी नगरपालिकाका एक शिक्षकलाई समेत विद्यार्थीलाई यौन दुब्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्