निर्वाचन आयोगको सर्वदलीय बैठकमा होहल्ला र नाराबाजी

काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा होहल्ला र नाराबाजी भएको छ ।
आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेनन् । होहल्ला र नाराबाजी जारी रहेपछि असहज स्थिति सिर्जना भएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले छलफल गर्न नभई निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन मात्रै बोलाएको बताए पनि ठूला दलको मात्र कुरा सुन्ने गरेको भन्दै होहल्ला गरेका थिए ।निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई मंगलबार बोलाएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्