लुटेरा समूहको आक्रमणबाट रुपन्देहीमा सुनचाँदी पसलका सञ्चालक घाइते

भैरहवा । सुनचाँदी पसल लुट्न आएको समूहले पसल सञ्चालकमाथि आक्रमण गरी घाइते बनाएको छ । रुपन्देहीको सैनामैना–१, रानवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हतौडा प्रहार गरी पसलका सञ्चालकलाई घाइते बनाएका हुन् ।
बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने योजना बनाएर आएको दुई जनाको समूहले पसल सञ्चालकमाथि नै आक्रमण गरेका थिए । सञ्चालक अन्दाजी वर्ष ३५ का गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुट्ने दाउमा रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल, धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा नम्बर ३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउँदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्