नेपालमा जग्गा ठगी गरी बेलायत पुगेर रमाउँदै लमजुङका घले

काठमाडौँ । लमजुङका लालबहादुर घले जग्गाबाट ठगी गरी बेलायत फरार भएका छन् ।
लमजुङ पाचोक गाविस वडा नं ७ का घलेले तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थली हाईटमा रहेको जग्गा सम्बन्धित व्यक्तिलाई पास नगरी अर्केकै नाममा पास गरेर ठगी गरी बेलायत फरार भएका हुन् ।
धादिङका क्रिसमान तामाङलाई बिक्रि गर्ने आश्वासन दिएर लाखौँ रुपैँया लिएका घलेले अन्त्यमा तामाङलाई उक्त जग्गा नदिई सिर्जना थापालाई जग्गा बेचेर ठगी गरेका छन् । थापाले तामाङलाई पैसा दिनुपर्नेमा नदिईकन अर्केलाई उक्त जग्गा पास गरेर ठगी गरेकी छन् ।
फरार घलेले तामाङलाई आफ्नै जग्गा हो भनी थापाको नाममा रहेको जग्गालाई बैना गरेर लाखौँ रुपैँया लिएका छन् । उनले लिएको पैसा तामाङले माग्दा उल्टो सिर्जना थापालाई देखाएर आफू तर्कँदै आएका छन् ।
सिर्जना थापाले दिनुपर्ने रकमसमेत तामाङलाई दिएकी छैनन् । तामाङले बारम्बार आफ्नो पैसा माग्दा फोन नउठाउने, उल्टो धम्की दिने गरेपछि तामाङले महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरीसमेत दिएका छन् ।
बालाजु प्रहरीका प्रमुखले समेत सिर्जना थापालाई फोन गर्दा नउठाउने र फोन उठाएमा चाँडो कारोबार मिलाउने बताउँदै आएपनि हालसम्म रकम नदिएपछि पीडित तामाङ अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्