मध्यरातमा भण्डारा प्रहरी प्रमुख गिरीको एक्सन : ९१ केजी लागूऔषध (गाँजा) बरामद

चितवन । चितवन प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले आइतबार राती ११ बजेको समयमा पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ११ गाल्दकस्थित सानुभाई चेपाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा ९१ केजी लागूऔषध (गाँजा) बरामद गरेको हो ।
सूचनाको आधारमा प्रहरी निरीक्षकको टोलीले रित्तपुर्वक रूपमा खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले लागूऔषध (गाँजा) बरामद गरेपनि घरधनी सानू भाइ चेपाङ्ग भने फरार रहेकोले उनको ब्यापक मात्रामा खोजतलास भईरहेको प्रहरीले जनाएको छ । यस बिषयमा चितवन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पछिल्लो समय चितवन प्रहरीले गाँजा ओसारपसार तथा सेवन गर्ने विरुद्ध सुक्ष्म तरिकाले निगरानी समेत गरिरहेको चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारी बताउँछन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्