यूक्रेन-रसियाको मामलामा सरकारको निर्णयले आशंका जन्मायो – डा. राजन भट्टराई

नेकपा एमाले स्थायी कमिटि सदस्य एबम विदेश बिभाग प्रमुख डा. राजन भट्टराईले यूक्रेन-रसियाको मामलामा नेपाल सरकारको निर्णयले नेपालको असंलग्नताको सिद्दान्तका मान्यतामा आशंका जन्माएको बताएका छन्।
सामाजिक संजालमा लेख्दै उनले असंलग्नताको सिद्दान्तको सहि अर्थमा पालना, आन्तरिक मामलामा अहस्तक्षेप, सार्वभौम समानतामा आधारित पारस्परिक सम्बन्ध, आफ्नो भूभाग कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता, शान्तिपूर्ण तथा न्यायपूर्ण विश्व व्याबस्थाको पक्षधरता तथा अन्तर्राष्ट्रिय कानुनको पालना, छिमेकी तथा अन्यसंग मित्रतापूर्ण सम्बन्ध नेपालको विदेशनीतिका आधारहरू रहेको समेत बताएका छन्।
डा भट्टराईले सामाजिक संजालमा लेखेका छन :
“विश्व ब्यवस्था धुर्विकृत हुदैछ । विदेशनीतिमा हामीले लिदै आएका मान्यताहरूको सान्दर्भिका बढेको छ ।
असंलग्नताको सिध्दान्तको सहि अर्थमा पालना, आन्तरिक मामलामा अहस्तक्षेप, सार्वभौम समानतामा आधारित पारस्परिक सम्बन्ध, आफ्नो भूभाग कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता, शान्तिपूर्ण तथा न्यायपूर्ण विश्व व्यवस्थाको पक्षधरता तथा अन्तर्राष्ट्रिय कानुनको पालना, छिमेकी तथा अन्यसंग मित्रतापूर्ण सम्बन्ध हाम्रो विदेशनीतिका आधारहरू हुन ।
उल्लेखित मान्यताहरूमा कुनैपनि अवस्थामा बिचलन देखापर्नु हाम्रो विदेशनीतिको असफलता हो । यूक्रेन रसियाको मामलामा सरकारको निर्णयले माथि उल्लेख गरिएका मान्यतामा आसंका जन्माएको छ ।
यस अवस्थामा विदेशनीतिमा हाम्रा आधारभूत मान्यताहरूमा तलमाथी हुनेछैन भनि विश्वासको वातावरण वनाउनु आजको आवश्यकता हो । जिम्मेवारहरूमा चेतना भया ।”
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्