गठबन्धनमा एमसीसीबारे जुटेन सहमति, अब के हुन्छ ?

काठमाडौँ, २९ माघ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच कुनै पनि सहमतिबिना बैठक सकिएको छ ।
शनिबार बालुवाटारमा भएको छलफलमा एमसीसीबारे कुनै पनि निष्कर्ष बिना सकिएको छ ।
एमसीसी अनुमोदन गर्ने कि नगर्नेबारे सत्ता गठबन्धनका दलहरु आफ्नै अडानमा रहेपछि अन्योल बनेको हो ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भए पनि सहमति भएन ।
प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने बताए पनि प्रचण्ड र नेपालले निर्णय नदिएको बताइएको छ ।
अमेरिकाले यही फेब्रअुरीको अन्तिमसम्म एमसीसीबारे अनुमोदन गर्न नेपाललाई ‘डेडलाइन’ दिएको छ ।
त्यति मात्रै होइन अमेरिकी विदेशमन्त्रीदेखि राजदूतसम्मले नेपालका नेताहरुलाई एमसीसी पारित गर्न दवाव दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गठबन्धन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्